News Portal

भारतको आसाममा चट्याङ लागेर १४ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
८०२ पटक

भारत, ५ बैशाख । भारतको आसाम राज्यमा चट्याङ लागेर १४ जनाको ज्यान गएको छ । आइतबार आएको भिषण वर्षा र चट्याङमा परेर ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएको छ ।

आसाममा शुक्रबारदेखि व्यापक वर्षा भएको छ । वर्षासँगै हावाहुरी पनि आएको र यहाँका कतिपय भौतिक संरचनामा पनि क्षति पुर्‍याएको थियो । आसामको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार शुक्रबार आठ जनाको ज्यान गएको थियो भने आइतबार थप छ जनाको ज्यान गएको थियो । यहाँ चट्याङबाट मात्र अरु दर्जनौँ व्यक्ति नागरिक घाइते भएका पनि अधिकारीहरुले जनाएका छन् ।

यस क्षेत्रमा वर्षासँगै पर्ने चट्याङले समय समयमा नागरिकको ज्यान जाने गरेको छ । शुक्रबारदेखि आइतबारसम्म जारी रहेको वर्षा, हावाहुरीले दशौँ हजार नागरिकका घर भत्काएको तथा अन्य भौतिक संरचनामा क्षति पुगेर प्रभावित भएका बताइएको छ ।

प्रतिकृया दिनुहोस्