News Portal

  • ग्रीसबाट बङ्गलादेशका लागि उडेको विमान दुर्घटना

    रातोपोस्ट संवाददाता
    १४६ पटक

    एजेन्सी, १ साउन । उत्तरी ग्रीसमा शनिबार राति मालबाहक एउटा विमान दुर्घटना हुँदा त्यसमा रहेका चालक दलका सबै आठजना सदस्यको मृत्यु भएको छ।

    सर्बियामा निर्मित ११ टनभन्दा बढी मोर्टार गोलाबारूद बोकेर जोर्डन हुँदै बङ्गलादेशका लागि उक्त विमान उडेको थियो। गाउँको खेतमा खसेको उक्त विमानका भग्नावशेषमा आइतबार बिहानसम्म विष्फोटनका आवाज सुनिएका स्थानीयले बताएका छन्। विमानको अगाडिको भागबाट सेतो धुँवाको मुस्लो पनि उठेको उनीहरूले बताएका छन्।

    दुर्घटनाग्रस्त विमानका चालक दलका सदस्य सबै युक्रेनी नागरिक रहेका र विमान पनि युक्रेनी कम्पनी मेरिडिनले सञ्चालन गरेको सर्वियाका रक्षामन्त्री नेबोजसा स्टेफानोभिकले पत्रकारहरूलाई बताएका छन्।

    विमानमा घातक रासायनिक पदार्थ वा विष्फोटक सामग्री अझै बाँकी भएरनभएको यकिन गर्न विज्ञहरू दुर्घटनास्थल पुग्ने तयारीमा रहेका ग्रीसका सरकारी अधिकारीहरूले जनाएका छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)