News Portal

झापा १ मा धेरै काम भइरहेका छन् : सांसद शर्मा

रातोपोस्ट संवाददाता
६४ पटक

मेचीनगर । झापा निर्वाचन क्षेत्र १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद तथा नेपाली कांगेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा १ मा विकासका धेरै कामहरु भइरहेको बताएका छन् । सोमबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले कालोपत्रे, कल्भर्ट, पुल, शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा झापा १ मा धेरै परिवर्तन भएको उल्लेख गरेका हुन् ।

उत्तरी मेचीनगर अन्तर्गत गाडागल्ली–स्वामी चोक सडक कालोपत्रेका लागि बजेट छुट्टीएको र अब छिट्टै काम शुरु हुने उनले जनाए भने पाटापुर पूर्व सडकमा रातको समयमा समेत अहिले काम भइरहेको बताए । यसैगरी मेचीनगर ३ स्थित सुके निन्दामा बनिरहेको पुल धमाधम निर्माण भइरहेको ।

निन्दा सिरानबाट फँडानी पुग्ने सडक कालापत्रे भइरहेको, धुलाबारी खानेपानी समितिलाई सरकारबाट १२ करोड बजेट छुट्टीएको र उक्त बजेट अन्तर्गतको कार्य छिट्टै शुरु हुने उनले जनाए । झापा १ मा सन्तुलित रुपमा काम भइरहेको उल्लेख गर्दै उनले मेचीनगरमै इन्जिनियरिङको पढाइ भइरहेको विषय सम्झिए ।

अरु ठाउँमा जे जस्तो भएपनि झापा १ मा विकासका कार्यका शिलशिलामा सबै दल एकैठाउँ उभिएको उनको धारणा थियो । विकासका लागि बजेट माग गर्ने क्रममा कुनैपनि दलले यो वा त्यो नभनी एक ठाउँ उभिएर साझा पहल गरेको उनले जनाए ।

प्रतिकृया दिनुहोस्