News Portal

बिन्ती साकोसको अध्यक्षमा विकेन्द्र धिमाल निर्वाचित

रातोपोस्ट संवाददाता
१७ पटक

मेचीनगर, २८ पुस । बिन्ती बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा विकेन्द्र धिमाल निर्वाचित भएका छन् । आइतबार संस्थाको परिसरमा सम्पन्न भएको १६ औँ वार्षिक साधारणसभाबाट अध्यक्षमा धिमाल चयन भएका हुन् । नवनिर्वाचित अध्यक्ष मेचीनगर–८ का निवर्तमान वडा अध्यक्ष समेत हुन् ।

३ वर्ष कार्यकाल रहने समितिको उपाध्यक्षमा चम्पा तामाङ तथा सदस्यहरुमा दशरथ खडिया, सन्चरुवा खडिया, शान्ति खडिया, सञ्जु ओझा, राजेन्द्रकुमार श्रेष्ठ, देवीकुमारी प्रधान, चयन भएका छन् । त्यसैगरी, योगेन थापा मगरको संयोजकत्वमा तीन सदस्य लेखा सुपरीवेक्षण समिति चयन भएको छ । सदस्यहरुमा विकुल खडिया र मेहेरलाल धिमाल रहेका छन् ।

संस्थाका अध्यक्ष दशरथ खडियाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बचत तथा ऋण सहकारी संघ कोशीका कोषाध्यक्ष विश्वेश्वरप्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा दुर्गेश्वरी कृषि सहकारी संस्थाका अध्यक्ष सन्तोष मेचे, आदर्श माविका पूर्व वि.व्य.स. अध्यक्ष रेवन्तराज पोखरेल लगायतले बोलेका थिए । संस्थाका उपाध्यक्ष विकास देवकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन किशोर उपरकोटीले गरेका थिए । २०६५ साल पुस २२ गते २९ जनाबाट शुरु भएको सहकारी संस्थाले मल तथा बीउ विजन विक्री वितरण गर्दै आइरहेको छ । संस्थाले रेमिट्यान्स सेवा, मोबाइल बैंकिङ सञ्चालन गरिरहेको छ । ४६ लाख ५० हजार १ सय ९५ रुपैयाँ शेयर पूँजी रहेको संस्थाको बचत हिसाब २ करोड ९८ लाख ९७ हजार ७ सय ७३ रहेको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख रहेको छ । संस्थाले सदस्यहरुलाई २ करोड ३३ लाख २२ हजार ५ सय ५० रुपैँया ऋण लगानी गरेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्