News Portal

मेची महोत्सव उपसभामुखले उद्घाटन गर्ने

रातोपोस्ट संवाददाता
८६ पटक

धुलाबारी । मेची चेम्बर अफ कमर्स मेचीनगरको आयोजनामा भोलीबाट ‘दोस्रो मेची महोत्सव–२०८१’ सुरु हुँदैछ । धुलाबारी मोड उत्तर खाली जग्गामा महोत्सव लगाइएको हो । महोत्सवको सबै तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । महोत्सवको उद्घाटन नेपाल सरकारका उपसभामुख इन्दिरा राना मगरले गर्ने छिन् । उनी आज नै झापा आइपुगेकी छिन् । झापा अर्जुनधारा निवासी रहेकी उपसभामुख राना मगरको प्रमुख आतिथ्यतामा महोत्सव सुरु हुनेछ ।

महोत्सव उद्घाटन अघि धुलाबारीमा लागूऔषध विरुद्धको सचेतना र्याली आयोजना गरिँदैछ । विभिन्न संघसंस्थाको सहभागितामा र्याली निकालिने आयोजक मेची चेम्बर अफ कमर्सका महासचिव प्रकाश खड्काले जानकारी दिए । उनका अनुसार २० वटा स्टलहरु बुकिङ भइसकेका छन् । केही स्टलहरु निःशुल्क गरिएको छ । स्थानीय क्षेत्रको कृषि तथा उद्योगबाट उत्पादित वस्तुको प्रवद्र्धन, पहिचानसहित बजारीकरण र लागूऔषध नियन्त्रणको मुख्य योजना बनाएर नौ दिने महोत्सव आयोजना गरिएको हो ।

अन्य मेला–महोत्सवभन्दा छुट्टै विशेषतासहित सञ्चालन गरिएको दोस्रो महोत्सवमा कृषि र उद्योगबाट उत्पादित स्थानीय वस्तुको प्रवद्र्धन तथा बजारीकरणसहित समाजमा ब्याप्त बनेको लागूऔषध दुव्र्यसनी नियन्त्रणका लागि जनचेतनामूलक छलफल र सुझाव लिने जनाइएको छ । स्थानीय क्षेत्रमा उत्पादन सामाग्रीलाई कसरी बजारीकरण गर्ने भन्ने बिषयमा सन्देश दिन अर्गानिक ढंगले महोत्सव लगाइएको छ । महोत्सव अवधिभर हरेक साँझ स्थानीय तथा चर्चित राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ । महोत्सव माघ १२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिकृया दिनुहोस्