News Portal

म्याइभ्याली गोल्डकपः मछिन्द्र सेमिफाइनलमा

रातोपोस्ट संवाददाता
१०५९ पटक

इलाम। इलामको ठूलो टुडिखेलमा जारी छैटौ संस्करणको माईभ्याली गोल्डकपको सोमबार भएको खेलमा मच्छिन्द्र क्लब विजयी भएको छ । गोर्खा ब्वाइजलाई ट्राइब्रेकरमा ५–३ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

पाँच जना राष्ट्रिय खेलाडी सहित मैदानमा उत्रिएको शहीद स्मारक लिग विजेता मच्छिन्द्र क्लवलाई निर्धारित  ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि २० मिनेट थप गरिएको थियो।

अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि टाइब्रेकरमा धकेलिएको खेलमा मछिन्द्रले नतिजा आफ्नो पक्षमा पारेको हो।

हमजातको प्रहार बारमा लागेर फर्कनु गोर्खा ब्वाइजका लागि दुर्भाग्य बन्यो।

गोर्खा ब्वाईजका सञ्जिव लामा, गौतम श्रेष्ठ, फोफे फोफानाले गोल गरे।

मछिन्द्रको जितमा रञ्जित धिमाल, बुद्ध चेम्जोङ, विमल घर्तिमगर, दिनेश राजवंशी र देवेन्द्र तामाङले गोल गरे।

सोमबारको खेलमा मच्छिन्द्रका रञ्जित धिमाल मेन अफ दि म्याच घोषित भए । उनले दश हजार नगद र ट्रफी हात पारे । खेल अवधिभर गोर्खा ब्वाइजले मछिन्द्रलाइ निकै दबाबमा राखेको थियो।

प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेल मंगलबार आयोजक र भारतको कोलकत्ताको मोहमडन स्पोर्टिङ क्लवबीच हुने छ।

प्रतियोगिताको विजेताले ८ लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिकृया दिनुहोस्