News Portal

औचित्यहीन हस्ताक्षर अभियान पार्टी फुटाउने खेल : रामकुमारी झाँक्री

थाहा खबर
१२२५ पटक

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सांसद रामकुमारी झाँक्रीले अहिले चलाइएको हस्ताक्षर अभियानलाई पार्टी फुटाउने खेल भनेकी छन्। उनले नेकपाका सबै समूहले चलाइरहेको हस्ताक्षर अभियानलाई औचित्यहीन भनेकी छन्।

उनले अझ सरकारको नेतृत्व गरिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा चलाएकफ हस्ताक्षर अभियानको कुनै अर्थ नरहेको बताएकी छन्। ‘मैले पनि बालुवाटारमा हस्ताक्षर अभियान चलिरहेको सुनेँ।

यो हस्ताक्षर अभियानको नाटकको आवश्यकता नै छैन’, उनले भनिन्, ‘बहुमतै प्रमाणित गर्न खोजेको हो भने सीधै संसदमा फेस गरे भइगो नि!’ सांसद झाँक्रीले वार्ताबाट समस्याको समाधान गर्नुपर्नेमा हस्ताक्षर अभियान पार्टी फुटाउने खेल भएको पनि उल्लेख गरिन्।

‘यो हस्ताक्षर अभियानले पार्टी बलियो होइन, विभाजन ल्याउँछ’, उनले थपिन्, ‘पार्टी फुटाउने खेलमा नेताहरु लागे। यो कुबेलाको बाजा जस्तो काम रोकिनुपर्छ।’ नेतृ झाँक्रीले दासढुंगा दुर्घटनामा ज्यान गुमाएका नेता जीवराज आश्रित पत्‍नीलाई पनि बालुवाटार लगेर ओलीले आफ्नो पक्षमा हस्ताक्षर गर्न लगाएको कुराप्रति कटाक्ष गरेकी छन्।

‘जीवराज कमरेडको निधन भएको २५ वर्षसम्म खोजतलास केही नगर्नेलाई अहिले उनकै पत्‍नीको सही चाहिएछ। कमरेड मायाले यसबीचमा भोगेका अनेक हण्डर र दु:खको मतलब नहुनेलाई हस्ताक्षरको खाँचो भयो’, उनले भनिन्, ‘औचित्यहीन हस्ताक्षर अभियानमा उहाँहरुलाई जवरजस्ती सहभागी गराएर के गर्न खोजेको हो? अच्चम लागेको छ।’

प्रतिकृया दिनुहोस्