News Portal

नेपालमा काेराेना सङ्क्रमणबाट थप १ जनाकाे ज्यान गएको पुष्टि

रातोपोस्ट संवाददाता
४७९ पटक

काठमाडौं : बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा आज बिहान मृत्यु भएका युवकको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ। मृत्यु हुनुअघि नै ती युवकको स्वाब परीक्षणका लागि भेरी प्रादेशिक अस्पताल लगिएको थियो।

अस्पतालमा परीक्षण गर्दा मृतक युवक कोरोना संक्रमित रहेको थाहा भएको थियो। भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेड डा. प्रकाश थापाले बताए।

‘उनको रिपोर्ट पोजेटिभ आएको छ,’ उनले भने, ‘यसबारे अरु विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्नेछ।

प्रतिकृया दिनुहोस्