News Portal

रुकुम घटनाको विरोधमा झापामा प्रदर्शन

रातोपोस्ट संवाददाता
८१२ पटक

झापा, २१ जेठ । अन्तरजातीय प्रेम सम्बन्धका बिषयमा रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाको दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्ने भन्दै संयुक्त राजनीतिक दलित संर्घष समिति झापाले बुधबार बिर्तामोडमा श्रद्धाञ्जलि तथा खवरदारी सभाको आयोजना गरेको छ ।

रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका ४ का दलित युवालाई गाउँलेले लखेटेपछि भेरी नदीमा परेर मृत्यु भएको घटनाको दोषीलाई कडा कारवाही गर्नुपर्ने भन्दै सो संयुक्त राजनीतिक दलित संर्घष समिति झापाले श्रद्धाञ्जलि तथा खवरदारी सभाको आयोजना गरेको हो ।

श्रद्धाञ्जलि सभामा प्रदेश सांसद झलकसिंह दर्लामी सहित जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेल समेत सहभागीता रहेका थियो । उनीहरुले रुकुम काण्डका जातीय नरसंहारकारीहरुलाई हदैसम्मको कारवाही गर्नुपर्ने भन्दै विरोध र्‍याली गरेका दिएका थिए । त्यस्तै जघन्य अपराधलाई राजनीतिक आडमा ढाकछोप गर्न नहुने भन्दै उनीहरुले नाराबाजीसमेत गरेका थिए ।

गत जेष्ठ १० गते साँझ भएको घटनाको भेरी नगरपालिका ४ का नवराज बिक, गणेश बुढा मगर र चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार, भेरी नगरपालिका ११ का गोविन्द शाही, लोकेन्द्र सुनार र भेरी नगरपालिका४ का सन्दीप बिकको मृत्यु भएको थियोे । घटनाको अनुसन्धान गर्न सरकारले पनि छानविन समिति बनाएको छ ।

प्रतिकृया दिनुहोस्