News Portal

गृहमन्त्रालयद्वारा निजि सवारीसाधनलाई दिएको पास खारेज ।

रातोपोस्ट संवाददाता
४४३ पटक

काठमाडौं, असार १ । सरकारले लकडाउनलाई थप सहज बनाउन र यातायात क्षेत्रमा साेमबारदेखि जाेर विजाेर प्रणालीलाई थप व्यवस्थित बनाउन निजी सवारी साधनलाई दिएको सवारी पास खारेज गरेको छ।

मंगलबारदेखि लागू हुने गरी पास खारेज गरेको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिएका छन्।

उनका अनुसार जिल्ला प्रशासनले जारी गरेको पास खारेज गरेको हो। सरकारले यसअघि कोरोना भाइरसका कारण लकडाउन अवधिभर अत्यावश्यक सवारीसाधनलाई जिल्लाभित्र ओहोरदोहोरका लागि भन्दै पास उपलब्ध गराएको थियो।

प्रतिकृया दिनुहोस्