News Portal

नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
६९५ पटक

काठमाडौं, भदौ १५ : नेपालमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८९९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ। संक्रमितमध्ये २१ हजार ४१० जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट २२८ जनाको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्