News Portal

आइसिसी ‘एसोसिएट प्लेयर अफ दि डिकेड’को मनोनयनमा पारस खड्का

रातोपोस्ट संवाददाता
८४१ पटक

काठमाडौं, ९ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का ‘आइसिसी एसोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डका लागि मनोनयनमा परेका छन्।

आफ्नो कप्तानीमा नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाएका पारसकै नेतृत्वमा नेपालले २०१४ को ट्वान्टी-२० विश्वकप खेलेको थियो। गत वर्ष कप्तानीबाट सन्‍न्यास लिएका पारस आइसिसीको ‘एसोसिएट राष्ट्र’बाट पछिल्लो दशक कै उत्कृष्ट खेलाडीको मनोनयनमा परेका हुन्।

पारससँगै स्कट ल्यान्डका काइल कोएट्जर, कालुम म्याकलियोड, रिची बेरिङटोन, पपुवा न्यु गिनियाका आसद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन पनि मनोनयनमा परेका छन्।

आइसिसी एशोसिएट मान्यतामा रहेका देशका खेलाडीले एकदिवसीय, अन्तर्राष्ट्रिय टी ट्वान्टी र ५० ओभर लिग खेल, विश्वकप छनोट जस्ता प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा मनोनयन गरिएको आइसिसीले जनाएको छ। मनोनयनमा परेका खेलाडीलाई आइसिसीको वेबसाइटमा गएर भोट गर्न सकिन्छ।

प्रतिकृया दिनुहोस्