News Portal

भीम आचार्यको नेतृत्वमा प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिँदै

रातोपोस्ट संवाददाता
६४६ पटक

विराटनगर, १२ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतवार अविश्वासको प्रस्ताव दर्ता गरिँदैछ। यसअघि मुख्यमन्त्रीका प्रतिस्पर्धीका रुपमा देखा परेका भीम आचार्यको नेतृत्वमा राईमाथि अविश्वासको प्रस्ताव राखिने तयारी रहेको जनाइएको छ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री राईले पदमुक्त गरेसँगै प्रचण्ड माधव पक्षले अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गरेको हो। केन्द्रमा केपी शर्मा ओली सरकारले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी दुई गुटमा विभाजित हुँदा यसको असर प्रदेशमा समेत देखिएको हो।

राईले आफूविरुद्ध लागेर पुष्पकमल दाहाल प्रचण्ड समूहलाई सहयोग गरेको भन्दै आङ्बोलाई हटाएका हुन्। आङ्बोले शुक्रवार माइतीघरमा प्रचण्ड र माधवकुमार नेपाल सहितका नेताहरुले अगुवाई गरेको प्रदर्शनीमा सहभागी भएका थिए। प्रदर्शनीको तस्विर सेयर गर्दै ‘नेकपा र सूर्य चिह्न हाम्रो हो’ भन्दै लेखेका थिए। उनले प्रतिनिधिसभा पुनस्थापना हुनुपर्ने माग समेत राखेका थिए।

प्रतिकृया दिनुहोस्