News Portal

आज धुलाबारीमा प्रतिगमन बिरुद्धको बिरोध सभा हुदै

रातोपोस्ट संवाददाता
३७६ पटक

झापा, माघ ७ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले गरेको संसद विघटनको विरोधमा चरणबद्ध आन्दोलनमा गरिरहेको प्रचण्ड-नेपाल पक्षले झापाको मेचीनगरमा प्रतिगमन बिरुद्धको बिरोध सभासहित र्यालि गर्ने भएको छ ।

केपी शर्मा ओलीले असंवैधानिक ढंगले गरेको संसद विघटनको प्रतिगमन बिरुद्ध नेकपा प्रचण्ड- नेपाल पक्षले मेचीनगरको धुलाबारीमा आज ११ बजेदेखि हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको झापा संघर्ष समितिका संयोजक तथा पार्टीका केन्द्रीय समिति सदस्य रविन कोइरालाले जानकारी दिए ।

मेचीनगरस्थिति धुलाबारीको पासाङ लामु भवनमा हुने विरोध सभालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, पार्टीका केन्द्रीय सदस्य राम कार्की र केन्द्रीय सदस्य रविन कोइरालाले सम्बोधन गर्ने भएका छन् ।

प्रतिकृया दिनुहोस्