News Portal

प्रेस काउन्सिल नेपालको बोर्ड सदस्यमा झापाका पोखरेलसहित ४ सदस्य नियुक्त

रातोपोस्ट संवाददाता
५८६ पटक

काठमाडौं, १३ फागुन । प्रेस काउन्सिल नेपालको बोर्ड सदस्यमा चार जना सदस्य नियुक्त भएका छन ।

प्रेस काउन्सिल नेपालको बोर्ड सदस्यमा झापाका गणेशप्रसाद पोखरेललाई नियुक्त गरिएको छ। विहीबार गरेको प्रेस काउन्सिल नेपालले बोर्ड सदस्यमा पोखरेललाई पनि नियुत्त गरिएको हो।

नेपाल सरकार (मन्त्रिस्तरीय) निर्णयानुसार गणेशप्रसाद पोखरेल (झापा), हरिप्रसाद जोशी (कञ्चनपुर), चिरञ्जीवी मास्के (दोलखा) र शरदप्रसाद अधिकारी (दाङ) सदस्य नियुक्त भएका छन ।

प्रेस काउन्सिल ऐन २०४८ को दफा ६, उपदफा १ को खण्ड (घ) बमोजिम मनोनयन भएका सदस्यहरूलाई कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी तथा सदस्यद्वय दीपक पाण्डे र दुर्गा भण्डारीले स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस्