News Portal

शिवसताक्षी मेयर कपमा उद्घाटन खेलमा वडा नम्बर ७ विजयी

रातोपोस्ट संवाददाता
६९३ पटक

झापा,  १७ फागुन । झापाकाे शिवसताक्षीमा आजबाट सञ्चालित मेयर कपको उद्घाटन खेलमा शिवसताक्षी वडा नम्बर ७ विजयी भएकाे छ ।शिवसताक्षी  वडा नम्बर ९ लाई ट्राइबेकरमा ४– ३ गोल अन्तरले हराउँदै वडा नम्बर ७ विजयी भएको हो । निर्धारित समयमा दुवै पक्षबाट गोल बराबरी भएपछि खेल ट्राइबेकरमा धकेल्किएको थियो । पहिलो हाफ कुनै पनि गोल हुन सकेन । खेलको दोस्रो हाफमा वडा नं. ७ र ९ ले १/ १ गोल गरी खेल बराबरी भएपछि खेल ट्राइबेकरमा गएको थियाे ।

ट्राइबेकरमा वडा नं. ९ बाट प्रनिल माझी, प्रितम लिम्बु, शिशिर वर्देवाले १/ १ गोल गर्न सफल भए । त्यस्तै वडा नं ७ को तर्फबाट बबिहाङ्ग लिम्बु, हेमन्त तुम्बापो, सेसेहाङ्ग लिङदेन र मिराक लिम्बुले १/ १ गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच वडा नम्बर ७ का मन्जिल माझी घोषित भए । खेलको विजेता टिमले  ७५ हजार पाउने छ भने उप विजेता टिमले  ४१ हजार सहित मेडल तथा प्रमाण प्राप्त गर्ने नगर खेलकुद विकास समितिले जनाएको छ ।

भोली मंगलबारको खेल वडा नं. ४ र वडा नं. ५ को खेल हुने बताइएको छ । मेयर कप खेलकुद प्रतियोगिता प्रतिनिधि सभा सांसद एलपी साँवा लिम्बु र शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्माले उद्घाटन गरेका हुन् । प्रतियोगिता शिवसताक्षी नगरपालिकाको नगर स्तरीय निर्माणाधिन रंगशाला दूधेमा सञ्चालन भइरहेको छ ।

प्रतिकृया दिनुहोस्