काठमाडौं, १९ पुस । नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन गरेको छ । सोमबार बसेको बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।
स्रोतका अनुसार बैठकमा अहिलेको सन्दर्भमा प्रचण्डकै नेतृत्व आवश्यक रहेको भन्दै नेता नारायणकाजी श्रेष्ठले उनको नाम प्रस्ताव गरेका थिए । पार्टीलाई समाजवादी क्रान्तिमा अघि बढाउन प्रचण्डकै नेतृत्व अपरिहार्य रहेको उनको भनाइ थियो ।प्रचण्डकै नेतृत्वमा जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधानसभा निर्वाचन र संघीयता तथा गणतन्त्रसहितको संविधान निर्माण भएको भन्दै उनले प्रचण्डकै नेतृत्वमा अब बाँकी कार्यभार पूरा गर्ने संकल्प गर्नुपर्नेमा जोड दिए ।
श्रेष्ठले राखेको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको हो ।
माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित
रातोपोस्ट संवाददाता
- स्थापना दिवसकाे अवसरमा प्रेस क्लबका अध्यक्ष बरालसहित दर्जनौं व्यक्तिहरु सम्मानित
- मेचीनगरमा असोज १२ देखि जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै
- आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
- प्रहरीद्वारा काँकरभिट्टाबाट अवैध कपडा बरामद
- मेचीनगरमा चुम्लुङको ३६ औं स्थापना दिवस सम्पन्न
- मेचीनगरका वैज्ञानिक डा. लक्ष्मण मैनालीलाई अमेरिकामा २३ करोड रुपैयाँ अनुदान
- बीएण्डसी मेडिकल कलेजले एमबीबीएस अध्यापनका लागि पायो ५० सिट
- झापामा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु
- सुन्दरहरैँचामा बगानभित्र २ नाबालिका मृत्यु प्रकरण : आमा ५ दिनपछि विर्तामोडमा भेटिइन्
- काँकडभिट्टामा ब्राउनसुगरसहित चार जना पक्राउ