News Portal

धनीपुर्जा पाउने आशामा

नवराज सुवेदी
३८२ पटक

झापा, १७ चैत । शनिबार विदाको दिन हो । तर, गएको शनिवार मेचीनगर वडा नम्वर ६ अन्य वार झैँ खुला नै थियो । अव्यवस्थित बसोबासी र भुमिहिनलाई जग्गा वितरण गर्ने सरकारको निति वमोजिम वडा कार्यालयहरुमा निवेदन वुझाउनु पर्ने भएकाले सर्वसाधारणको वाक्लो भीड थेग्न वडा कार्यालयलाई शनिवार हम्मे परेको थियो । पाका देखि तन्नेरीसम्म यो भिडमा सामेल थिए । त्यही भीडकै एक पात्र हुन मेचीनगर ६ की रिना चिमरिया । बर्षौँदेखि काँकरभिट्टामा डेरामा बस्दै आएकी उनी जग्गा पाउने आशामा वडा कार्यालयमा आएकी रहिछन् ।

“म र छोरी २ जनाको परिवार डेरामा बस्दै आएका छौँ, सरकारले जग्गा दिन्छ भनेको सुनेर फरम भर्न आएकी हुँ” उनले भनिन् “हामीजस्ता भुमिहिनलाई सरकारले जग्गा दिए त कत्ति राम्रो हुने थियो ।” उनको आवाजमा सरकारप्रतिको आशा पनि मिश्रित थियो । उनी मात्रै होइन मेचीनगर ६ कै ६९ बर्षिय लोक बहादुर कार्की पनि यस्तै आशामा थिए । “मेरो गैरीगाउँमा ९ धुर जग्गा छ, ६ जनाको परिवार सोहि जग्गामा बसिरहेका छाँै” उनले भने “धनिपुर्जा नभएकाले अब चाहिँ सरकारले धनिपुर्जा दिन्छ कि भन्ने आशा छ ।”

६९ बर्षिय लोक बहादुर निवेदन दिनकै लागि वडा कार्यालय धाएको ३ दिन भइसकेको रहेछ । अब भने धनिपुर्जा पाउने आशाले उनको मुहारमा कता कता खुशी देखिएको थियो । हुन त सरकारले धनिपुर्जा दिन्छु भन्दा कसको मुहारमा खुशी नआउला र ? तर मेचीनगर ६ कै लिला विष्ट भने चुनावको मुखमा सरकारले यस्तो कार्यक्रम ल्याउँदा जनता फकाउने मेलो मात्रै हो कि भन्ने शंकामा रहिछन् ।

यसअघि मात्रै उनले यस्तो निवेदन दिएको ४ पटक भइसकेछ । “मैले निवेदन दिएको ४ पटक भइसक्यो तर धनिपुर्जा पाउन सकेको छैन” उनले भनिन “यसपटक पनि धनिपुर्जा पाइएला कि नपाइएला म त अन्योलमा छु” मेचीडाँडामा रहेको ४ धुर नरबढी जग्गाको धनिपुर्जाको लागि उनले निवेदन दिएकी छिन् । सरकारले भुमिहिनलाई जग्गा व्यवस्थापन गर्ने कुराले हरेक नागरिकको मुहारमा खुशी छाएको छ । जसलाई मध्यनजर गर्दै सरकारले हरेक नागरिकको आशा र खुशीलाई निरासामा परिणत हुन दिन हुदैँन ।

वडा कार्यालय अस्तव्यस्त

मेचीनगर ६ मात्रै होइ गत हप्ता मेचीनगर भरिका सबै वडा कार्यालयहरु अस्तव्यस्त भए । अव्यवस्थित बसोबासी र भुमिहिनलाई जग्गा दिने सरकारको कार्यक्रमले सबै वडा कार्यालयलाई अस्तव्यस्त बनाइदियो ।

प्रतिकृया दिनुहोस्