झापा, १३ जेठ । मेचीनगरमा बिहीबार सफद खाएसँगै मेचीनगर नगरपालिका वडा नं ४ का नवनिर्वाचित वडा अध्यक्ष अर्जुन कार्कीले पदभार समालेका छन् । पदभार सम्हाल्न वडा कार्यालय पुगेका वडाध्यक्ष कार्कीले पूर्व जनप्रतिनिधिहरुले प्रयोगमा ल्याएका घुम्ने कुर्सीलाई हटाएर गुन्द्रीमा बसेर पदभार ग्रहण गरेका हुन् ।
वडा कार्यालयमा सुख सुविधा भोग्न नआएको भन्दै वडा अध्यक्ष कार्कीले यस अघिको घुम्ने कुर्सी हटाएर गुन्द्रीमा बसेर पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए । जनप्रतिनिधि बन्नु सुख भोगको लागि नभएको बताएका कार्कीले भने, ‘म सुख सुविधा भोग्न आएको होईन, ‘मलाई घुम्ने कुर्सी चाहिदैन, गुन्द्रीमा नै बसेर जनताको सेवा गर्छु ।’
वडा अध्यक्ष कार्कीले वडावासीको सुविधाको लागि वडाकाे स्वास्थ चाैकीमा असारकाे पहिलाे हप्तादेखि एमबीबीएस डाक्टर सहितकाे सेवा दिने निर्णय गरेका छन् । वडा भित्र रहेका विधालयमा कुनै पनि जगफुटकाे प्रयोग नगर्न निर्णय गरेका छन् । उनले भने, ‘अब वडा कार्यालयमा चाहिने कागजातको फोटोकपी वडा कार्यालयमा नै निशुल्क रुपमा गरिनेछ ।’
वडा अध्यक्ष कार्कीले पहिलो दिन कर्मचारीहरुलाई सम्बोधन गर्दै कार्यालय हिजाे दिनमा के भयाे त्याे म खाेजने छैन आजकाे दिनदेखि जनताका हरेक समस्याहरुलाई सहज तरीकाले काम गर्न निर्देशन दिएका छन् ।