झापा, २२ जेठ । झापाकाे मेचीनगर- ९ मा राप्रपा वडा समितिले पुर्णता पाएकाे छ । मेचीनगर स्थित धुलाबारीमा बसेकाे वडा समितिकाे बैठकले समितिलाई पुर्णता दिएकाे हाे । बैठकले अध्यक्ष नारायण प्रसाद कोईरालाकाे अध्यक्षतामा १८ सदस्यीय वडा समिति चयन गरेकाे छ । जसकाे उपाध्यक्षमा नारायण कटेल, सन्तोष भट्टराई र दिपक ढकाल चयन भएका छन् । बैठकले वडाकाे सचिवमा हरीप्रसाद चापागाई, कोषाध्यक्षमा बुद्धि बहादुर श्रेष्ठलाई चयन गरेकाे हाे । त्यसैगरी सदस्यहरुमा रमिता सुनदास, विरु लामा, बिष्णु कुमार दर्जी र तिलक मेचेलाई चयन गरेकाे छ । त्यसैगरी अन्य सदस्यहरुमा पुर्ण बहादुर राई, उमाकान्त फुयल, सोमनाथ लुईटेल, पुर्णपाल राई, मुना ढकाल र लेखनाथ निरौला चयन भएका छन् । राप्रपा मेचीनगरका अध्यक्ष सबिना बजगाईकाे प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएकाे थियाे । बैठकमा विभिन्न पार्टीबाट ११ जना नेता तथा कार्यकर्ता राप्रपामा प्रवेश गरेका थिए । बैठकमा जिल्ला सदस्य अस्मिता खरेल, जिल्ला सदस्य सुनिता शर्मा, बिश्वराज पोखरेल(मामा), नगर सदस्य गंगा खरेलकाे उपस्थित रहेकाे थियाे ।
- देवी प्राविको अध्यक्षमा विशाल तामाङ चयन
- नेपाल तामाङ संघ झापा अध्यक्षमा जगत
- मेचीनगर- ८ को मेलमिलाप समितिले जग्गा मिलाइदिने भन्दै २० लाख धेरै रकम लिए पछि उजुरी
- काँकरभिट्टामा प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता सुरु
- प्रेस क्लब मेचीनगरका अध्यक्ष बरालले दिए पदबाट राजीनामा
- भद्रपुरकी पूर्व उपप्रमुखका छोरा निश्चलको स्कुटर दुर्घटनामा परी निधन
- मेचीनगर- ८ ले गर्यो न्यायिक समितिलाई निलम्बन
- वाणिज्य संघको शिविरमा चार सय बढीले लिए उपचार सेवा
- झापामा भूकम्पको धक्का
- काँकडभिट्टामा भारतीय स्कोरपियो गाडीको ठक्करबाट महिलाको मृत्यु