झापाको बुद्वशान्तिमा- ३ बुधबारे महाेत्सव सुरु भएकाे छ । आशिर्वाद प्रतिष्ठान सुधार केन्द्रद्वारा आयोजित बुधबारे महोत्सव असोज-३ देखि शुरु भएको मेला छठ पर्वसम्म हुने छ । साेमबार महोत्सवको उदघाटन सुधार केन्द्रका अध्यक्ष प्रेम सावा लिम्बुले रिवन काटेर गरेका थिए । महाेत्वसमा राष्ट्रिय स्थरका कलाकारहरु डम्बर नेपाली, राम लिम्बू, रचना रिमाल, एलिना चौहान, अस्मिता अधिकारी, र्यापर माईला लामा, प्रशान्त तामाङ लगायतका राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा मनोरञ्जनका लागि रोटेपिङ, नाउँका रेस, मोहतका कुवा रेस, ब्रेक डान्स लगायत बच्चाका विभिन्न खेल्ने सामाग्रीहरु रहेका छन् । हिन्दुहरुकाे महान चाड दशै, तिहार तथा छ्ट पर्वलाई लक्षित गरेर मेला लगाएकाे आयोजकले बताएकाे छ । महोत्सवबाट बचत भएकाे रकमले गाउँमा लागुओसध तथा मद्यपान सेवनमा लागेका युवाहरुलाई सुधार गर्न सुधार केन्द्रसम्म पुर्याइ निशुल्क उपचार गराउन सहयाेग गरिने आयोजकका अध्यक्ष प्रेम लिम्बुले बताए।
- बैशाख २९ देखि काँकरभिट्टामा ‘दोस्रो झापा महिला प्रिमियर लिग’
- आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
- चलचित्र ‘मनसरा’ आजदेखि देशभर प्रदर्शन
- भाेलि वाइसिएल झापाको जिल्ला सम्मेलन हुँदै
- थोप्लेविरानमा तीन दिने उद्घोषण तथा माइन्यूट लेखन तालिम सम्पन्न
- मेचीनगरमा आजदेखि हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट प्रतियोगिता सुरु
- झापामा पेसागत महासघंले मनायाे मजदुर दिवस
- मेचीनगरमा सुपर सिक्स क्रिकेट प्रतियोगिता उद्वघाटन
- हिमालयन एकाडेमी सुपर सिक्स क्रिकेटको आज फाइनल खेल हुँदै
- सुपर सिक्स क्रिकेट प्रतियोगितामा धुलाबारी टाइगर्स च्याम्पियन