News Portal

काँकरभिट्टा खानेपानी संस्थाको चुनाव आज हुँदै , त्रिपक्षीय भिड्न्त

रातोपोस्ट संवाददाता
१९५ पटक

झापा, २६ जेठ । काँकरभिट्टा खानेपानी तथा उपभोक्ता संस्थाको निर्वाचन आज हुँदैछ । आज बिहान ७ बजेदेखि सुरु हुने मतदान अपरान्ह ५ बजेसम्म सञ्चालन हुने निर्वाचन समितिका संयोजक राजु कार्कीले जानकारी दिए ।

निर्वाचनमा ६ हजार ६ सय ७४ जना मतदाता रहेका छन् । काँकरभिट्टा मावि परिषरमा हुने निर्वाचनमा ६ वटा मतदान केन्द्रमा रहेकाे साथै एक पटकमा २४ जनाले मतदान गर्न सक्ने निर्वाचन समिति संयोजक कार्कीले बताए ।

नेपाली काँग्रेसको नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्र, राप्रपा, संघीय लोकतान्त्रीक मञ्च र नेकपा एकीकृत समाजवादी सम्मिलित लोकतान्त्रीक प्रगतीशील प्यानलबाट काँग्रेसका रोहितकुमार बुढाथोकी अध्यक्षका उम्मेद्वार रहेका छन् भने नेकपा एमाले र जसपाको प्रगतिशील समाजवादी प्यानलका तर्फबाट एमालेका सन्तोस आचार्य अध्यक्षका उम्मेद्वार रहेका छन् ।

त्यसैगरी रास्वपाको समर्थन रहेको स्वतन्त्र उपभोक्ताहरुको प्यानलबाट सुदर्शन खड्का अध्यक्षका उम्मेद्वार रहेका छन् । त्यस्तै लेखा समितिको संयोजककमा राप्रपाका किशोर शर्मा भण्डारी, एमालेका सोमराज ढकाल र रास्वपाका भेषराज ओलीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिकृया दिनुहोस्