रातोपोस्ट संवाददाता
झापा, २६ जेठ । काकरभिट्टा खानेपानी तथा उपभोक्ता संस्थाको मतदान भइरहेको छ । आज बिहान ७ः२० बजेदेखि सुरु भएको मतदानमा ४ : ३० बजेसम्म ४ हजार ३ सय मत खसेको निर्वाचन समितिले जनाएको छ । मतदान अपरान्ह ५ बजेसम्म सञ्चालन हुने निर्वाचन समितिका संयोजक राजु कार्कीले जानकारी दिए ।
६ हजार ६ सय ७४ जना मतदाता रहेको खानेपानी संस्थाको मतदान काकरभिट्टा मावि परिषरमा तयार गरिएको मतदानस्थलमा ६ वटा मतदान केन्द्रमा मतदान भइरहेको छ । मतगणना भोलि विहान ८ बजेदेखि सुरु गरिने निर्वाचन समितिले निर्णय गरेको कार्कीले जानकरी दिए । काँकरभिट्टा खानेपानीको अध्यक्षका लागि नेपाली काँग्रेसका रोहितकुमार बुढाथोकी, नेकपा एमालेका सन्तोस आचार्य र रास्वपाकाे समर्थनमा सुदर्शन खड्काबीच प्रतिस्पर्धा रहेको छ ।