रातोपोस्ट संवाददाता
झापा, २७ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता संस्थाको ६ ठाँउबाट सदस्यहरुकाे मतगणना सुरु भएको छ । मतपत्र छुट्याएर गणनाको लागि तयार पार्ने काम (सर्टिङ) सकिएपछि ६ ठाउँबाट सदस्यहरुकाे मतगणना थालिएको हो।
निर्वाचन समितिका संयोजक राजु कार्कीका अनुसार सुरुमा कार्यसमिति सदस्यहरुका लागि खसेको मतको गणना गरिनेछ । आज राति १० बजे सम्ममा परिणाम निसकने गरी गणना सुरु गरिएको कार्कीले बताए ।
हिजो भएको मतदानमा ४ हजार ९ सय २० मत खसेको छ । ६ हजार ६ सय ७४ जना मतदाता रहेको खानेपानी संस्थाको मतदानमा ७३.७१ प्रतिशत मतदान भएको छ ।
काँकरभिट्टा खानेपानीको अध्यक्षका लागि नेपाली काँग्रेसका रोहितकुमार बुढाथोकी, नेकपा एमालेका सन्तोस आचार्य र रास्वपाका सुदर्शन खड्काबीच प्रतिस्पर्धा रहेको छ ।