News Portal

  • रुसको मुख्य सुरक्षा एजेन्सीको मुख्यालयमा गोलीबारी

    रातोपोस्ट संवाददाता
    ४७९ पटक

    काठमाण्डौ। रुसको संघीय सुरक्षा सेवा (एफएसबी) को मुख्यालयमा गोली चलेको छ ।

    रुसी सञ्चारमाध्यमका अनुसार यो घटनामा कम्तीमा एक जनाको ज्यान गएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

    समाचार संस्था ‘इन्टरफ्याक्स’ का अनुसार एफएसबी भवनभित्र एक जना बन्दुकधारीले स्वचालित हतियार चलाउँदा एक जना अधिकारीको ज्यान गएको हो ।

    सुरक्षा बलले घटना घटेको इलाकामा घेराबन्दी गरेको छ र आसपास रहेका मानिसहरुलाई भवनभित्र जानको लागि भनेको छ ।

    राष्ट्रपति भ्लादिमिर पुटिनको वार्षिक पत्रकार सम्मेलनको केही घण्टामा नै यो घटना घटेको हो ।

    एफएसबी रुसको मुख्य सुरक्षा एजेन्सी हो । अहिलेसम्म यो घटनाको बारेमा विस्तृत विवरण आइसकेको छैन ।

    झण्डै चार घण्टासम्म चलेको राष्ट्रपति पुटिनको पत्रकार सम्मेलनसँग कुनै सम्बन्ध छ कि छैन भन्ने बारेमा पनि अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)