News Portal

  • रक्षामन्त्रीलाई भेट्न जाँदा प्रहरीले पक्राउ गर्‍याे : सीपी गजुरेल

    रातोपोस्ट संवाददाता
    ४९१ पटक

    काठमाण्डाै। देशभक्त गणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले सरकारले प्रायोजित रुपमा आफूहरुलाई पक्राउ गरेको बताउनु भएको छ ।

    सोमबार पत्रकार सम्मेलन गर्दै गजुरेलले आफूहरुले प्रशासनलाई कार्यक्रमका विषयमा जानकारी गराएको भए पनि प्रहरीले पक्राउ गर्नु शंकास्पद रहेको टिप्पणी गर्नुभयो ।

    प्रक्राउपछि प्रहरीले गरेको व्यवहारले घटना प्रायोजित थियो भन्ने पुष्टि हुने उहाँको भनाई छ । आफूहरुले प्रधानमन्त्रीलाई भेट्न समय लिन खोजे पनि ‘बेड रेष्ट’मा भएका कारण सम्भव नभएको उहाँले बताउनुभयो ।

    उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग समय लिएर भेट्न जाँदा प्रहरीले पक्राउ गरेको उहाँको भनाई छ ।

    उहाँले नेपालको भूमी लिम्पियाधुरा, कालापानी र लिपुलेक राखेर भारतले नयाँ नक्शा निकालेपछि आफूहरुले भारतको त्यस्ताे कदमको विरोध गरेको बताउनुभयो ।

    प्रहरीले आइतबार काठमाण्डाैबाट गजुरेलसहित १५ जना नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का नेता कार्यकर्ताहरुलाई पक्राउ गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)