रातोपोस्ट संवाददाता

काठमाडौं । चर्को ब्याज लिने र ऋण दिएको रकमभन्दा तीन गुणाबढीको तमसुक बनाएको आरोपमा सर्लाहीका सुदखोर (ब्याजखोर) रामबाबु यादवलाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई बुधबार दिउँसो सर्लाहीको बरथवा नगरपालिकाबाट प्रहरीले नियन्त्रणमा लिइएको हो ।
बन्धकी राख्नेको जग्गा रजिष्ट्रेसन नै पास गरेर लिने र गरिबहरुलाई घरबारविहीन बनाउने गरेको खबर सार्वजनिक भएपछि यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यादवको यो कार्यबाट सर्लाही र त्यस आसपासका हजारभन्दा बढी परिवार पीडित भएको बताइएको छ।
यादव राजपा केन्द्रीय सदस्य समेत हुन् । पीडितको एक समूह न्याय खोज्दै संघीय काठमाडौँ आएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तत्काल जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुखलाई यादवहरूलाई नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।