News Portal

  • झापा र मोरङ गरी एकै रातमा ४स्काभेटरमा विष्फोट र आगजनी ।

    रातोपोस्ट संवाददाता
    ७९१ पटक

    झापा ।झापा र माेरङमा एकै रातमा ४ वटा स्काभेटरमा अज्ञात समुहले बम विष्फोट र आगजनी गरेको छ।झापाको सितुमारी- कमलगाउँपालिका निर्माणाधीन सडक खण्डमा गएराति शर्मा एण्ड शर्मा कन्स्ट्रक्सनकाे स्काभेटरमा अज्ञात समुहले आगजनी गरेको छ।मध्यरातमा आएको एक समुहले आगजनी गरेर फरार रहेेेको स्थानीयले बताएका छन्।आगजनीबाट स्काभेटरकाे अधिकांश भाग जलेर नष्ट भएको छ।शर्मा एण्ड शर्मा  कन्स्ट्रक्सनले राजनितीक पहुँचका आधारमा ठेक्कापट्टा आफ्नो नाममा पार्ने र समयमा काम सम्पन्न नगर्ने ,नियमविपरीत कार्य गर्ने गरेको स्थानीयकाे आराेप छ।

    त्यस्तै गएराति नै मोरङको मिक्लाजुङ गाउपाँलिका स्थित रमितेमा निर्माणाधीन मिक्लाजुङ–आइतबारे सडक निर्माणका लागि राखिएका ३ वटा स्काभेटरमा बम विष्फोट भएको  छ।
    प्रदेश नं. १ सरकारको ५८ करोड ५६ लाखको बजेटमा ठेक्का स्वीकृत भै सडक कालो पत्रे गर्ने क्रम जारी रहेको थियो । सडक चौडा गर्दै सुके आहालको साकेला मेला लाग्ने ठाउँमा पुगेको तीनवट स्काभेटरमा अज्ञात समुहले बम प्रहार गरेको  जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।विष्फोटकाे जिम्मेवारी हालसम्म कसैले लिएको छैन। सडक निर्माणको क्रममा कसैले चन्दा मागेको हुनसक्ने र नदिएपछि रिसिईबीले वा प्रतिबन्धित नेकपा विप्लवले विष्फोट गराएकोे हुनसक्ने प्रहरीको आशंका छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)