News Portal

विश्वकपका लागि नेपाली क्रिकेट टिम सिधै ग्लोबल छनोटमा

रातोपोस्ट संवाददाता
६४० पटक

काठमाण्डाै। नेपालले सन् २०२१ मा भारतमा हुने टी-२० विश्वकपको ग्लोबल छनोट सोझै खेल्न पाउने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको टी-२० वरीयतामा १२ औँ स्थानमा रहेको हुँदा नेपालले सोझै ग्लोबल छनोट खेल्न पाउने भएको हो ।

१६ टिमको सहभागिता रहने प्रतियोगिताका लागि आइसीसी च्याम्पियनस ट्रफी खेल्ने आठ टिमले सोझै स्थान बनाउनेछन् ।

अरु टिमले भने क्षेत्रीय छनोट प्रक्रियाबाट आउनुपर्नेछ । जसका लागि पाँच महादेशमा ११ क्षेत्रीय छनोट प्रतियोगिता हुनेछन् र ती प्रतियाेगिताबाट आठ टिम अन्तिममा छनोट हुनेछन् ।

यसै वर्ष हुने टी-२० विश्वकपको पुछारमा रहेका चार टिमले क्षेत्रीय छनोट खेल्नुपर्नेछ । ग्लोबल छनोटमा स्थान बनाउन उनीहरुले जनवरी १ तारिखसम्म वरीयतामा माथिल्लो स्थानमा रहेको एसोसियट टिम नेपाल, जिम्बावे, यूएई र हङकङसँग खेल्नेछन् ।

यसको अर्थ चार टिमको स्थानका लागि १६ देशले प्रतिस्पर्धा गर्नेछन् । जसमा दुई वटा फरक ग्लोबल छनोटमा शीर्ष दुईमा रहने टिमले टी-२० विश्वकप खेल्न पाउनेछन् ।

यसपटक हुन लागेको टी-२० विश्वकपको पहिलो चरणमा पुग्ने १२ टिमले सोझै अर्कोपटकको विश्वकपमा स्थान बनाउनेछन ।

प्रतिकृया दिनुहोस्