रातोपोस्ट संवाददाता
![](https://ratopost.com/wp-content/themes/ratopostv2/images/1px.gif)
काठमाडौं: एभरेस्ट प्रिमियर लिग (इपिएल) २०२० को पहिलो खेलमा पोखरा राइनोज र ललितपुर प्याट्रियट्स बीच प्रतिस्पर्धा हुने भएकाे छ ।
इपिएलले जारी गरेको खेलतालिका अनुसार चैत १ गतेबाट शुरु हुने प्रतियोगितामा उद्घाटन खेलमा ललितपुर प्याट्रियट्स र पोखरा राइनोज खेल्ने भएका हुन्। उद्घाटन खेल दिउँसो २ बजे शुरु हुनेछ।
ललितपुर इपिएलको साविक विजेतासमेत हो। प्रतियोगिताको पहिलो दिन एउटामात्र खेल हुनेछ। त्यसपछि ७ गतेसम्म दैनिक २ खेल हुनेछ त्यसपछि पुन: दैनिक एक खेल हुनेछ।
प्रतियोगिताको फाइनल खेल चैत १५ गते शनिवार हुनेछ। ६ टिम सहभागी हुने इपिएलमा पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौं किंग्स ११ र विराटनगर वारियर्स रहेका छन्।