News Portal

मच्छिन्द्रले जित्यो माइभ्याली गोल्डकपको उपाधि

रातोपोस्ट संवाददाता
८२९ पटक

इलाम । इलामको ठूलो टुँडिखेलमा जारी छैटौ संस्करणको माईभ्याली गोल्डकपको उपाधि मच्छिन्द्र क्लब काठमाडाैंले हात पारेको छ ।

माइभ्याली गोल्डकप उपाधि ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबले जितेको छ।

शनिबार भएको फाइनल खेलमा आयोजक माइभ्याली फुटबल क्लबलाई १–० ले हराउँदै मच्छिन्द्र क्लब काठमाडौंले उपाधि जितेको हो।

निक्कै नै प्रतिष्पधात्मक फाइनल खेलको दोस्रो हाफको इन्जुरी समयमा मच्छिन्द्रका निए एन्डेसले गोल गर्दै लिग विजेता टोलीलाई उपाधि दिलाएका थिए ।

खेलमा दुवै टीमले धेरै राम्रा अवसरहरु सदुपयोग गर्न सकेका थिएनन् ।

दोस्रो हाफमा वर्षाका कारण हिलाम्मे मैदानमा भएको खेल हेर्नको लागि झरीमा रुझदै दर्शकहरु बसेका थिए ।

विजेता टीम मच्छिन्द्रले उपाधि सहित नगद पुरस्कार ८ लाख ट्रफी र मेडल पाएको छ । उपविजेता टीम माईभ्यालीले नगद पुरस्कार ५ लाख सहित ट्रफी र मेडलमा चित्त बुझाएको छ ।

प्रतिकृया दिनुहोस्