News Portal

कोरोना भाइरस संक्रमणबाट इटालीमा मेयरको मृत्यु

रातोपोस्ट संवाददाता
५०३ पटक

एजेन्सी। इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको कोरोना भाइरसका कारण मृत्यु भएको छ।

उत्तरी इटालीस्थित चेने नगरका मेयर ७० वर्षीय  गोर्जियो भ्यालोटीको कोरोना भाइरसका कारण मृत्यु भएको इटालियन सञ्चारमाध्यमले जनाएका छन् ।

उनी विगत मार्च ७ देखि कोरोना संक्रमित भएका कारण अस्पतालमा उपचार गराइरहेका थिए । यो नगर कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित क्षेत्रमा पर्छ । कोरोना भाइरसका कारण फोक्सको संक्रमण भएको र यहीकारण शुक्रबार उनको मृत्यु भएको जनाइएको छ ।

इटालीमा हालसम्म कोरोना भाइरसका कारण १४४१ जनाको ज्यान गइसकेको छ । इटालीमा यसबाट अरु २१ हजार भन्दा धेरै संक्रमित छन् ।

प्रतिकृया दिनुहोस्