News Portal

लकडाउनकाे बेला गाँजा तस्करी : सशस्त्र प्रहरीद्वारा साढे ९ किलो गाँजा बरामद

रातोपोस्ट संवाददाता
६७२ पटक

 

 

 

 

 

 

 

 

 

 

 

 

रौतहट। रौतहटमा सशस्त्र प्रहरीले साढे नौ किलो गाँजा बरामद गरेको छ । आइतबार साँझ जिल्लाका गुजरा नगरपालिका वडा नम्बर ४ जंगलशैया स्थित लालबकैया खोलाबाट सो परिमाणको गाँजा बरामद गरिएको हो ।

सीमा नाकामा परिचालन तथा सीमा अनुगमन सशस्त्र प्रहरीकाे संयुक्त टाेलीले सो परिमाणको गाँजा बरामद गरेको हो । पूर्वमा राजदेवी नगरपालिका वडा नम्बर- ९ ब्रम्हपुरीदेखि पश्चिममा बौधिमाई नगरपालिका वडा नम्बर- ७ बंकुलसम्म सशस्त्र प्रहरी परिचालन गरिएकाे छ ।

शस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हेडक्वाटर रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीतका अनुसार तस्कर भने फरार भएका छन् । कर्णजीतका अनुसार सिम्रीबाट भेडवातर्फ नम्बर नखुलेको मोटरसाईकलमा आउँदै गरेका दुईजना अज्ञात व्यक्तिहरुले सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्ने बित्तिकै उनीहरुको साथमा रहेको कालो झोला फ्यालेर फरार भएका थिए ।

सोही कालो झोलाभित्र प्लाष्टिकले सुरक्षित पोको पारेर राखेको अवस्थामा गाँजा भेटिएको कर्णजीतले जनाकारी दिए ।

लकडाउनको बेला सुरक्षा निकायको ध्यान लकडाउन प्रभावकारी बनाउन लागेको बेला अवैध तस्करी बढ्न सक्ने भन्दै सशस्त्र प्रहरी अझ चनाखो भएर लागिपरेको उहाँको भनाइ छ । बरामद गरिएको गाँजा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको छ ।

प्रतिकृया दिनुहोस्