News Portal

विप्लव निकट महिला संघकी केन्द्रीय अध्यक्ष बन्धु चन्द १४ महिनापछि रिहा

रातोपोस्ट संवाददाता
९२६ पटक

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष बन्धु चन्द १४ महिनापछि रिहा भएकी छन्। जिल्ला अदालत कपिलवस्तुको आदेशमा उनी रिहा भएकी हुन्।

सरकारले नेकपालाई प्रतिबन्ध गर्नु अगावै अछामबाट पक्राउ परेकी नेतृ चन्दलाई रिहा गर्न अदालतले आदेश दिएको हो। नेतृ चन्दलाई यस अगाडि अछाम, बाके, बर्दिया, कैलाली र दाङमा अदालतले पनि रिहा गर्न आदेश दिएको थियो।

तर अदालतले रिहा गर्ने आदेश दिएलगत्तै प्रहरीले उनलाई पक्राउ गर्ने गरेको थियो। एक अदातल परिसरबाट पक्राउ गरी प्रहरीले अर्को अदालतमा मुद्दा चलाउँदै आएको थियो।

प्रतिकृया दिनुहोस्