रातोपोस्ट संवाददाता
![](https://ratopost.com/wp-content/themes/ratopostv2/images/1px.gif)
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार विहान बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान साढे ८ बजे बैठक राखिएको एक नेताले जानकारी दिए ।
नेकपाले वैशाख ३१ गते बोलाएको स्थायी कमिटी बैठक स्थगित भएपछिको अवस्थाका बारेमा सचिवालय बैठकमा छलफल हुने ती नेताले बताए ।
यसअघि वैशाख २५ गते बोलाइएको स्थायी कमिटी बैठक पनि वैशाख २४ गते स्थगित गरिएको थियो ।