News Portal

होटल व्यवसायी संघको अध्यक्षमा इन्दिरा श्रेष्ठ

रातोपोस्ट संवाददाता
८२३ पटक

झापा । होटल व्यवसायी संघ झापाको अध्यक्षमा इन्दिरा श्रेष्ठ हुनुभएको छ ।

संघको नवौं साधारण सभाको मगलबार बिर्तामोडमा सम्पन्न भएको अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा नरेश महरा, उपाध्यक्षमा रामकुमार प्रसाई, महासचिवमा शिवराज पौडेल, सचिवमा ख्याम ओली, कोषाध्यक्षमा रमेश थापा मगर चयन भएका छन्।

यस्तै सदस्यहरुमा सदस्यमा अनिता खनाल, मिनाकुमारी कोइराला, खड्कमान गुरुङ, निरज सिटौला, राजन गिरी, जयप्रकाश राई, अम्बिका पोखरेल, तिलक निरौला, नारायणप्रसाद खरेल चयन भएका छन् ।

तीन वर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा चयन भएकी अध्यक्ष श्रेष्ठले विश्व नै कोरोना भाइरसको संकटमा गुज्रिरहेका बेला नेपालमा होटल ब्यवसायीहरु अत्यन्त समस्यामा परेको उल्लेख गरिन् । यो कठिन अवस्थामा समेत महिलाले पनि नेतृत्व गर्न सक्छन् भन्ने विश्वासका साथ आफुलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेकोमा सबैलाई धन्यवाद दिइन् ।

लकडाउनका कारण आर्थिक क्षेत्र धरासायी बन्ने अवस्थामा पुगेका बेला सरकारले ब्यवसायीहरुलाई आर्थिक प्याकेज ल्याएर विशेष सहयोग गर्नु पर्ने बताईन ।

प्रतिकृया दिनुहोस्