News Portal

पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा

रातोपोस्ट संवाददाता
४० पटक

काठमाडौं, २२ असार । पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ।गएराति जर्मनीको ह्यामबर्गमा भएको खेलमा पेनाल्टी सुटआउटमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनल पुगेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा फ्रान्सले जित निकालेको हो। पोर्चुगललाई ५-३ गोलअन्तरले पराजित गर्दै फ्रान्सले सेमिफाइनल यात्रा तय गरेको हो।

फ्रान्सका लागि औसमाने डेम्बेले, युसुफ फोफाना, जुल्स कौंडे, ब्राडली बारकोला र थियो हर्नान्डेजले गोल गरे भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, बर्नाडो सिल्भा र नुनो मेन्डेसले गोल गर्दा जोआओ फेलिक्सको प्रहार पोस्टमा लागेर फर्किएको थियो।

गएराति नै भएको युरोकपको अर्को खेलमा आयोजक जर्मनीलाई २–१ गोलले पराजित गर्दै स्पेन सेमिफाइनल प्रवेश गरेको छ। निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा स्पेनका लागि माइकल मेरिनोले गोल गर्दै टोलीलाई जित दिलाएका थिए।

प्रतिकृया दिनुहोस्