News Portal

छोरी बलात्कार गर्ने बुबा पक्राउ

रातोपोस्ट संवाददाता
८५५ पटक

मेलम्ची। आफ्नै छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले सिन्धुपाल्चोकको मेलम्चीबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेलम्ची नगरपालिका वडा नम्बर ११ का ४३ वर्षीय पुरुष छन् ।

बुधबार दिउँसो पीडित युवतीकी आमाले दिएको जाहेरीपछि अभियुक्त बाबुलाई पक्राउ गरिएको मेलम्ची प्रहरी प्रमुख थलबहादुर तामाङले जानकारी दिए । बिगत ३–४ वर्षदेखि नै अभियुक्तले छोरीमाथि जबरजस्ती करणी गर्दै आएको र आमाले थाहा पाएपछि घटना प्रहरीसम्म पुगेको बताइएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको र जबरजस्ती करणी उद्योगमा मुद्धा चलाइने मेलम्ची प्रहरी प्रमुख तामाङले बताए।

प्रतिकृया दिनुहोस्