News Portal

निरन्तर एमसिसीविरुद्ध विप्लव नेकपा, झापाका विभिन्न स्थानमा पाेस्टरिङ

रातोपोस्ट संवाददाता
६२६ पटक

झापा, असार १ । राज्यद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द(विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा एमसीसीविरुद्ध पोस्टर टाँसेको छ ।

पार्टीले घोषणा गरेको केन्द्रीय कार्यक्रम अनुसार जिल्लाका विभिन्न स्थानमा व्यापक पोस्टरिङ गरिएको नेकपा झापाले बताएको छ।

जिल्लाका सम्बन्धित नगर, गाउँपालिका, लगायतका स्थानमा राष्ट्रघाति एमसिसि विरुद्धको पोस्टर टाँस्ने काम सम्पन्न भएको सेक्रेटरी श्रीजंगले बताए।

झापाको विर्तामोड, दमक, बुद्दशान्ति,मेचिनगर, भद्रपुर, कमल गाउँपालिका, शिवसताक्षी, बाह्रदशी लगायतका दर्जन बढि स्थानमा पाेस्टरिङ गरिएको उनले बताए ।

अमेरिका र नेपाल सरकारबीच सम्झौता भएको एमसीसी संसद्बाट पास गर्ने षड्यन्त्र गरिएको बेला उक्त सम्झौता देशको सार्वभौमिकता र स्वाधीनताको हितमा नभएको भन्दै यसको विरोधमा प्रचारप्रसार गर्न पोस्टरिङ गरिएको नेकपा झापाले जनाएको छ ।

यसअघि नेकपा झापाले एमसीसीविरुद्ध केपी वली र शेरबहादुर देउवाको पुतलादहन, मशाल जुलुस, पर्चा वितरण र कोणसभाहरू सम्पन्न गरिसकेको र एमसिसि बिरुद्ध थप कार्यक्रम गर्दै अगाडि बढ्ने सेक्रेटरी श्रीजंगले बताए ।

एमसीसीविरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको छ भने सत्तारूढ दलभित्रसमेत यसको तीव्र विरोध हुँदै आएको छ । नेपाली काङ्ग्रेसले संसद्मा यो सम्झौताका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ भने अन्य विभिन्न राजनीतिक दलहरूले विरोध गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्