News Portal

कोरोनाबाट जनकपुरमा थप एक जनाको मृत्यु

रातोपोस्ट संवाददाता
५५५ पटक

जनकपुर, साउन २७ । धनुषाको जनकपुरधाममा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

धनुषाको विदेह नगरपालिका ८ का कोरोना संक्रमित ६० वर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

साउन ८ गते उपचारका लागि अस्पताल पुगेका उनको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि आइसोलेशनमा राखेर उपचार गरिएको थियो ।

उपचारकै क्रममा सोमबार राति मृत्यु भएको प्रादेशिक अस्पतालका निमित प्रमुख एवं आइसोलेशन इन्चार्ज डा जामुन सिंहले जानकारी दिए। उनका अनुसार मृतक पुरुष कोरोनाका साथै टिबी रोगबाट समेत ग्रसित थिए ।

योसँगै धनुषामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८१ पुगेको छ ।

स्वाथ्य मन्त्रालय सोमबार नियमित पत्रकार सम्मेलनका क्रममा ७९ जनाको मृत्यु भएको भनेपनि त्यसपछि हिजो नै ललितपुरको किस्ट अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको थियो । काभ्रे पाँचखालकी ६८ वर्षीया महिलाको मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस्