News Portal

पोखरामा एक साता ‘लकडाउन’ काे तयारी

रातोपोस्ट संवाददाता
७०५ पटक

कास्की, भदौ १ । पाेखरामा एकपछि अर्को कोरोना संक्रमित देखिन थालेपछि उच्च सतर्कता अपनाइएको छ। जिल्लाका विभिन्न दलका प्रतिनिधिले पोखरामा कम्तीमा एक साताका लागि निषेधाज्ञा गर्न सुझाव दिएका छन् ।

पोखरा महानगरपालिकामा आइतबार बसेको सर्वदलीय बैठकले सो सुझाव आएको मेयर मानबहादुर जिसीले बताए । जिसीले भने, ‘पोखरामा समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि आगामी दिनमा थप जोखिम न्यूनीकरणका लागि थप उपाय गर्नुपर्नेमा हामीहरू पनि गम्भीर छौं ।’

यसैबीच, सोमबार पुनः छलफलपछि जिल्लामा ‘लकडाउन’ कडाइ गर्नेबारे जिल्ला विपद् व्यवस्थापन समिति (सीसीएमसी) मा सिफारिस गरिने उनले बताए ।

मेयर जिसीले कोरोना भाइरसबाट जोगिन अपनाउनु पर्ने सबैखाले सतर्कता अपनाउन नगरवासीमा आग्रह गरे। केही वडामा समुदायस्तरमा फैलिन थालेको भन्दै उनले फैलावट नरोक्ने हो भने स्थिति भयावह हुन सक्ने बताए। उनले अत्यावश्यक कामबाहेक सकेसम्म घरबाहिर ननिस्कन नगरवासीमा सुझाव दिएका छन्।

पोखरामा आइतबार मात्रै २२ जनामा कोरोना संक्रमण देखा परेको छ। तीमध्ये पोखरा ५ का ७ जना छन्।

पोखरामा कोरोना संक्रमितको संख्या २ सय ४ पुगेको छ। संक्रमितमध्ये १ सय १५ जना निको भएका छन् भने १ को मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्