News Portal

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या साढे आठ लाख नाघ्यो

रातोपोस्ट संवाददाता
५७८ पटक

काठमाडौं, भदौं १६ । विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८ लाख ५४ हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा ४ हजारभन्दा धेरैको मृत्यु भएसँगै मृतकको संख्या ८ लाख ५४ हजार २ सय २२ पुगेको हो। भारतमा २४ घण्टामा ८ सय १८ जनाको मृत्यु भएसँगै त्यहाँ मृतकको संख्या ६८ हजार ७ सय ७० पुगेको छ।

२४ घण्टामा ब्राजिलमा ६ सय १९, अमेरिकामा ४ सय ८९, मेक्सिकोमा ३ सय ३९, कोलम्बियामा २ सय ९९, दक्षिण अफ्रिकामा १ सय २१ र रसियामा ८३ जनाको मृत्यु भएको छ ।

यसैगरी भारतमा ६८ हजार ८ सय, ब्राजिलमा ४८ हजार ६ सय, अमेरिकामा ३७ हजार ६ सय, कोलम्बियामा ७ हजार २ सय, रसियामा ५ हजार, मेक्सिकोमा ४ हजार १ सय र दक्षिण अफ्रिकामा २ हजार संक्रमित थपिएका छन्।

विश्वभर संक्रमितको संख्या २ करोड ५६ लाख नाघेको छ । तीमध्ये १ करोड ७९ लाख मानिस संक्रमणमुक्त भइसकेका छन्।

प्रतिकृया दिनुहोस्