News Portal

मेचीनगर एमालेको अध्यक्षमा कार्की र उपाध्यक्षमा तामाङ निर्वाचित

रातोपोस्ट संवाददाता
१३६ पटक

झापा, ९ जेठ । नेकपा एमाले मेचीनगर कमिटीको अध्यक्ष पदमा राजु कार्की निर्वाचित भएका छन् ।

अध्यक्षमा कार्की र उपाध्यक्षमा कञ्चन तामाङ निर्वाचित भएका हुन । सचिवमा शेखर ओली (सागर) र उपसचिव पदमा राजु धिमाल र जानुका ओली निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार उपाध्यक्षमा तामाङले २४७ मत, सचिवमा ओली (सागर) ले २७७ मत र उपसचिवमा राजु धिमालले २२१ मत ल्याएर विजयी भएका हुन ।

आज दिउँसो साढे १ वजेदेखि ५ वजेसम्म मतदान भएको थियो । कूल ४८१ जना मतदातामध्ये ४२३ जनाले मतदान गरेका थिए । यही जेठ ५ गतेदेखि सुरु एमाले मेचीनगर कमिटीका दोस्रो अधिवेशन आज सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार ७५ जनाको निर्वाचित नगर कमिटीको घोषणा शुक्रवार हुने छ । अध्यक्ष पदमा कार्की र उपसचिवमा जानुका भने सर्वसम्मत चयन भएका हुन ।

प्रतिकृया दिनुहोस्