News Portal

कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति

रातोपोस्ट संवाददाता
८२ पटक

काठमाडौं, ९ जेठ । जिल्ला अदालत धनुषाले कैलाश सिरोहियामाथि अनुसन्धानका लागि भन्दै ३ दिन म्याद थप गरेको छ ।

नागरिकता कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियामाथि अनुसन्धान गर्नको लागि जिल्ला अदालतले ३ दिन म्याद थपको अनुमति दिएको हो ।

यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले भने अनुसन्धानको लागि ५ दिन म्याद थप गर्न अदालतसँग माग गरेको थियाे । सिरोहियालाई प्रहरीले हिजो काठमाडौंबाट नागरिकता प्रकरणमा पक्राउ गरी धनुषा लगेको थियो । सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले आज अदालतमा उपस्थित गराएको छ ।

प्रतिकृया दिनुहोस्