News Portal

सिम्रिक साकोसद्वारा धुलाबारीमा सहकारी शिक्षा तालिम तथा अन्तर्क्रिया सम्पन्न

रातोपोस्ट संवाददाता
३३४ पटक

झापा, १० जेठ । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाकाे आयोजनामा एक दिने सहकारी शिक्षा तालिम तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । सहकारीताको प्रवद्र्धन गर्ने र सदस्यहरुकाे व्यावसायिक विकासमा टेवा पुर्‍याउने उद्देश्यसहित प्रशिक्षण कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

सिम्रिक सहकारी संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेत प्रशिक्षण गरेको उक्त कार्यक्रममा धुलाबारी शाखाका २ सय ५० जना सेयर सदस्यहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा सहभागी सेयर सदस्य तथा अन्य वक्ताहरुले सहकारीले सेयर सदस्य केन्द्रित विभिन्न योजना तथा कार्यक्रम निर्माण एवं संचालन गर्दै आएकोमा खुसी व्यक्त गरेका थिए । यसलाई आगामी दिनहरुमा निरन्तरता दिनुपर्ने उनीहरुको भनाइ छ ।

सहकारीताको प्रवद्र्धन गर्ने र प्रयास सहकारीको व्यावसायिक विकासमा टेवा पु¥याउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रमा जनप्रतिनिधि मेचीनगर- ९ की वडा सदस्य शुष्मा दर्नालकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । शिक्षा शाखाका संयोजक मेहरमान विष्टकाे अध्यक्षता भएकाे कार्यक्रममा सञ्चालन विभागीय प्रमुख बिजय बस्नेतले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य शिक्षा शाखाका सदस्य मदन कुमार रिजालकाे रहेकाे थियाे ।


उक्त कार्यक्रममा शेयर सदस्य ललिमाया तामाङ प्यारलाइसिस बिरामी भई ऋण तिर्न नसक्ने अवस्था भए पछि संस्थाले १ लाख ९८ हजार ८ सय रुपैयाँ ऋण मिनाह गरिएको पत्र परिवारलाई हस्तान्तरण गरिएको थियाे । त्यसैगरी शेयर सदस्य सपना राजवंशीलाई स्वास्थ्य उपचार खर्चका लागि १८ हजार रुपैयाँ उपलब्ध गराएकाे थियाे ।

प्रतिकृया दिनुहोस्