News Portal

झापामा धारिलो हतियार प्रयोग गरी एक युवककाे हत्या

रातोपोस्ट संवाददाता
६६७ पटक

झापा, २८ असाेज। झापामा हत्या गरेर फ्यालिएकाे अवस्थामा एक युवाकाे शव फेला परेकाे छ।  धारिलो हतियार प्रयोग गरी हत्या गरेर फ्यालेको अवस्थामा झापा सुरुंगा खोलास्थित बाँसघारीमा कन्काई नगरपालिका– ३ का २२ वर्षीय अभिषेक चौधरीकाे   शव फेला परेको प्रहरीले जनाएको छ ।

उनको टाउको र अनुहारमा धारिलो हतियारले प्रहार गरेको चोट रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । घटनास्थलमा प्रहरी टोली खटाएर थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्