News Portal

स्वास्थ्यकर्मि सहित आज झापामा थप ६४ जनामा काेराेना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
५७६ पटक

झापा,४ कात्तिक। पछिल्लाे २४ घण्टामा मेचिनगरका  ४  जना सहित झापामा थप ६४  जनामा काेराेना भाइरस (काेभिड-१९ ) संक्रमण पुष्टि भएकाे छ भने एक जनाकाे मृत्यु भएकाे छ।

संक्रमित हुनेहरूमा भद्रपुरका २  जना महिला स्वास्थ्यकर्मी र हल्दिवारीका १ जना स्वास्थ्यकर्मि  सहित ३० जना पुरूष र ३४ जना महिला गरी ६४ जना रहेकाे र मृतक विर्तामाेड वडा न. ४ की ७२ वर्षिय महिला रहेकाे स्वास्थ्य कार्यालय झापाका निमित्त कार्यालय प्रमुख जिवन चौलागाईँले जानकारी दिएका छन्,।

संक्रमित हुनेहरूमा भद्रपुर वडा न. ५,७,८ र १०  का ६ महिला र ३ पुरूष (२ जना स्वास्थ्यकर्मि महिला) सहित ९ जना, विर्तामाेड वडा न. २,३,५ र ६ का ९ महिला र ८ पुरूष गरी १७ जना, अर्जुनधारा वडा न. ३ कि १ महिला, बुद्दशान्ति वडा न. ४ का १ पुरूष, बाह्रदशी वडा न. ७ का १ पुरूष, कमल वडा न. ३ कि १ महिला, मेचिनगर वडा न. २,६,१०,१३ का ४ महिला, हल्दिवारी वडा न. १ र ४ का ३ पुरूष (१ जना स्वास्थ्यकर्मि सहित), दमक वडा न. १,२,३,४,५,७,८ र ९  का १२ महिला र १४  पुरूष गरी २६ जना र कनकाइ वडा न. १ कि १ महिला रहेका छन्,।संक्रमित सबै स्थानिय रहेका छन्।

हिजाेसम्म झापामा २८८४५ जनाकाे स्वाव परिक्षण गरिएकाे छ भने कुल संक्रमितकाे संख्या १४०७ पुगेकाे छ। त्यस्तै हिजाेसम्म काेराेना जित्नेहरूकाे संख्या ९८१ रहेकाे छ भने आइसाेलेसनमा रहेका सक्रिय संक्रमितकाे संख्या ४०६ रहेकाे छ।

 

प्रतिकृया दिनुहोस्