News Portal

प्रदेश प्रमुख अधिकारीलाई कोरोना संक्रमण

रातोपोस्ट संवाददाता
४३५ पटक

विराटनगर, १३ मंसिर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना संक्रमण देखिएको छ।

कोरोनाको सामान्य लक्षण देखिएपछि ७२ वर्षीय अधिकारीले प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा शुक्रबार बिहान स्वाव दिएका थिए।

शुक्रबार राति प्राप्त रिपोर्टमा अघिकारीलाई संक्रमण देखिएको स्वकीय सचिव प्रतिक ढकालले बताए। अधिकारीको स्वास्थ्य अवस्था सामान्य रहेकाले होम आइसोलेसनमा रहेको ढकालले जानकारी दिए।

प्रदेश प्रमुख अधिकारीसँगै उनकी ६४ वर्षीया श्रीमती जानुका र एक सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको सचिवालयले जनाएको छ। यसअघि प्रदेश सरकारका २ मन्त्रीलाई कोरोना संक्रमण भएको थयो।

प्रतिकृया दिनुहोस्