News Portal

फिफा वरियतामा नेपालको स्थान यथावत, बेल्जियम शीर्ष स्थानमा

रातोपोस्ट संवाददाता
६२५ पटक

काठमाडौं,  २५ मंसिर ।  विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । फिफाले बिहिबार सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ७१ औं स्थानमा यथावत रहेको छ । दक्षिण एसियाली देशमध्ये नेपाल भन्दा माथि रहेको माल्दिभ्सको १ सय ५५ औं स्थानमा छ । भारत १ सय ४ औं स्थानमा रहेको छ ।

नेपाल भन्दा तल रहेको दक्षिण एसियाली देश बंगलादेश १ सय ८६ औं स्थानमा छ । यस्तै, भुटान १ सय ८९, पाकिस्तान २ सय र श्रीलंका २ सय ६ औं स्थानमा छ ।

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ । बेल्जियम लगातार तेस्रो वर्ष समेत फिफा वरियताको शीर्ष स्थानमा रहन सफल भएको हो । विश्व वरियतामा शीर्ष १० देशको स्थान घटबढ भएको छैन । वरियतामा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो र ईङ्ल्याण्ड चौथो स्थानमा छ । पोर्चुगल पाँचौ, स्पेन छैटौं, अर्जेन्टिना सातौं, उरुग्वे आठौं, मेक्सिको नवौं र ईटाली दशौं स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्