News Portal

संसद विघटनको विरोधमा ओलीको गृहजिल्लामा युवा, विद्यार्थी र मजदुरको प्रदर्शन

रातोपोस्ट संवाददाता
१४४३ पटक

झापा, ५ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा संसद् विघटनविरुद्ध युवा तथा विद्यार्थी, मजदुरहरुले आइतबार आन्दोलन थालेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद् विघटन गरेपछि ओलीको गृह जिल्लामा नेकपाका भातृ सङ्गठनमा आबद्ध युवा विद्यार्थी र मजदुरहरुले विरोध प्रदर्शन गरेका हुन ।

बिर्तामोडको मुक्ति चोकबाट सुरु गरिएको विरोध र्याली पश्चिम बस पार्कदेखि पूर्व बस पार्कसम्म परिक्रममा गर्दै पुनः मुक्ति चोकमा आएर कोण सभामा परिणत भएको थियो । विरोध र्यालीमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरका युवा, विद्यार्थी र मजदुरहरूले संसद् विघटन प्रतिगामी कदम भएको उल्लेख गर्दै उक्त सिफारिस खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन ।

प्रदर्शनकारीहरुले प्रतिगामी कदम खारेज गर, तानासाह मुर्दावाद, फासिवाद मुर्दावाद , सर्वसत्तावाद मुर्दावाद जस्ता चर्का नारा लगाएका थिए । कोण सभामा सन्चालन गर्दै राष्ट्रिय युवा सङ्घ नेपाल झापाका सहसंयोजक दधि रिमालले ओलीको प्रतिगमनकारी सरकारलाई घुँडा टेकाउन उनीहरु सडकमा उत्रिएको बताए । त्यस्तै अनेरास्ववियु विद्यार्थी सङ्गठन झापाका संयोजक अनिल सुवेदीले संसद् विघटन जस्तो असंवैधानिक कार्य गरि प्रधानमन्त्री ओलीले जनताले दिएको जनादेशको अपमान गरेकोमा आक्रोश पोखेका थिए ।

राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य तथा झापा जिल्ला सह-इन्चार्ज प्रतुस राना मगरले केपी ओलीको तानाशाही प्रबृतिलाई गाउँ-गाउँबाट युवालाई सचेतना जगाद‌ैं ओलीको तानाशाही प्रबृतिलाई घुढा टेकाइ छाड्ने बताए । नेपाल ट्रेड युनियन महासंघका १ नम्ब प्रदेशका अध्यक्ष भुपाल सापकोटाले संघीय गणतान्त्रिक नेपाललाई ओलीले संसद विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए देशभर आन्दोलनको राँको बल्ने चेतावनी दिए । हिजो जसरी ज्ञानेन्द्र ‘कू’ विरुद्ध संयुक्त आन्दोलन सुरु भए झैं प्रधानमन्त्रीविरुद्ध संयुक्त आन्दोलन सुरु भएको बताए ।


प्रतिकृया दिनुहोस्